अब बैंकले नै दिन्छ बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

अब बैंकले नै दिन्छ बिना धितो १५ लाख सम्मको प्रोफेशनल कर्जा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिङ्ग सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु. १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ । यस कर्जाअन्तर्गत कर्जावालालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने छ ।

बैंक र एसोसियशन बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार २१:१९