कामना सेवा विकास बैंककाे सेवा अब अनलाइन मार्फत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

कामना सेवा विकास बैंककाे सेवा अब अनलाइन मार्फत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । कामना सेवा विकास बैंकका ग्राहकले सामाजिक सञ्जालको माध्यमद्वारा विभिन्न बैंकिङ्ग कार्यहरु गर्न सक्ने भएका छन् ।

बैंकले सञ्चालनमा ल्याएको ‘केएसबीबीएल सोसीएल मिडिया बैंकिङ्ग प्लेटफर्म’ अन्तर्गत ग्राहकले घरमा नै बसेर भाइवर वा फेसबुक मेसेन्जरद्वारा विभिन्न बैंकिङ्ग कार्याहरु गर्नसक्ने भएका हुन् ।

बैंकका अनुसार प्लेटफर्म मार्फत ग्राहकले खाता खोल्ने, केवाईसी अपडेट गर्ने, चेक बुक तथा डेविट कार्ड अनुरोध गर्ने, स्टेटमेन्ट हेर्ने, साथै कर्जाको हालसम्मको बक्यौता थाहा पाउने जस्ता कार्यहरु सजिलै गर्न सक्ने भएका हुन् ।

बैंकका अध्यक्ष सुदिप आचार्यले फेसबुक लाईभका माध्यमबाट शुक्रबार उक्त प्लेटफर्मको शुभारम्भ गरेका हुन् ।

भाईबरको माध्यमबाट सुविधाहरु प्राप्त गर्न ग्राहकले क्वीआर कोर्ड स्क्यान गरेर र फेसबुकको माध्यमबाट बैंकको फेसबुक पेजमा मेसेज पठाउनु पर्ने हुन्छ ।

महामारीको बीच सेवा शुरुवात गरी बैंकले आफ्ना ग्राहकलाई बैंकसँग सम्बन्धित सम्पूर्ण सेवाहरु घरमै बसी लिन सकिने व्यवस्था गरेकोले यसबाट ग्राहकहरु लाभान्वित हुने कुरामा बैंक विश्वस्त रहेको बैंकका अध्यक्षले बताए ।

प्रकाशित : २६ भदौ २०७७, शुक्रबार १६:३० 11 September, 2020 4:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।