नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा कहिले ?



नारायणी डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले असोज १६ गते शुक्रबार चितवनको रत्ननगर स्थित स्टार बयाक्वेटमा सभा आह्वान गरेको छ ।

सभामा संचालक समितिको प्रतिवेदन पेश गर्ने, लेखापरीक्षक प्रतिवेदन पारित गर्ने, नाफा नोक्सान लगायतक हिसाब , अनुसूची र वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छ ।

त्यस्तै सभामा यस अघि नै पारित भईसकेको १:१ बराबरको हकप्रद निष्काशन प्रस्तावलाई अनुमोदन गरि निरन्तरता दिने प्रस्ताव पेश हुने छ । त्यस्तै चुक्ता पुँजी ५० करोड पुर्याउनु पर्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुने छ । त्यस्तै मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने अधिकार संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुने छ ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार १०:१८