एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलाममा



काठमाडाै । नेपाल इन्स्योरेन्स कम्पनी ले आफ्नो स्वामित्वमा रहेको एनसीसी बैंकको ५ लाख कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले असोज २ गतेदेखि कार्तिक ६ गतेसम्म लिलाम बढाबढ मात्र शेयर लिलाम गर्ने भएको हो ।

कम्पनीले शेयरको न्युनतम मूल्य प्रति कित्ता ११० कायम गरेको छ भने न्युनतम १ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । इच्छुक योग्य आवेदकले सो भन्दा बढी कबुल गरेर आवेदन दिन सक्ने छन् । यस लिलाममा हालका संस्थापक शेयरधनी, तथा जो कोहि व्यक्ति, संघ, संस्थाले आवेदन दिन सक्ने छन् ।

शेयर लिलाम प्रक्रियाको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार १०:१४