मर्चेन्ट बैंकरलाई अचानक आयो यस्तो नीतिगत ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मर्चेन्ट बैंकरलाई अचानक आयो यस्तो नीतिगत ब्यवस्था



काठमाडौँ । नेपाल धिताेपत्र बोर्डबाट संस्थागत परामर्श सेवा प्रदान गर्न अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकरहरुको कार्य थप व्यवस्थित एवं प्रभावकारी रुपमा संचालनका लागि नयाँ व्यवस्था गरेको छ।
व्यवस्था लागू भएसँगै संस्थागत परामर्श सेवा थप व्यवस्थित, प्रभावकारी तथा व्यवसायिक रुपमा संचालन भई उक्त सेवा विस्तार हुने बोर्डको अपेक्षा रहेको छ ।

यस्तो छ बोर्डले जारी गरेको नीतिगत व्यवस्थाः

१) कार्यस्थल व्यवस्था सम्बन्धमा:

  • आगन्तुक प्रतिक्षा, ग्राहक सेवा, स्टोर, सूचना प्रविधि सहित व्यवसाय संचालन सम्बन्धी कार्य संचालन गर्न छुट्टाछुट्टै कक्ष भएको कम्तिमा १,००० वर्ग फिट क्षेत्रफल,
  • कार्यालय भवन वा क्षेत्रफल भाडामा लिने भए कम्तिमा दुई वर्ष अवधिको बहालसम्बन्धी सम्झौता,
  • संचार साधनः टेलिफोन, फ्याक्स सहित इमेल÷इन्टरनेटको व्यवस्था,
  • सूचना प्रविधिः आवश्यक कम्प्युटर सफ्टवेयर, सर्भर र हार्डवयर,
  • कम्प्युटर/ल्यापटपः जनशक्ति व्यवस्था अनुसार कम्प्युटर, प्रिन्टर, सिसिटिभी, पावर व्याकअप, हाजिरी मेशिन,
  • कार्यालयको लागि आवश्यक पर्ने फर्निचर, फिक्सचर्स तथा अन्य कार्यालय सामाग्री ।

२) संस्थाको संगठनात्मक संरचना सम्बन्धमा ।

३) प्रमुख कार्यकारी अधिकृतको योग्यता सम्बन्धमा ।
क) अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा वाणिज्य कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी उपाधि हासिल गरेको,
ख) उद्योग, वाणिज्य वा धितोपत्र बजार वा वित्तीय क्षेत्रमा लेखा वा वित्त वा वाणिज्य कानून वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तिमा तीन वर्ष कार्य गरेको अनुभव भएको ।

४) धितोपत्र व्यवसाय संचालन सम्बन्धी परामर्श सेवाका लागि आवश्यक जनशक्ति सम्बन्धमाः

  • कार्य विभाजन तथा कार्य विवरण सहित देहाय अनुसारको विभाग प्रमुखः
  • कम्तिमा वाणिज्यशास्त्र, अर्थशास्त्र, व्यवस्थापनमा स्नातकोत्तर गरेको,
  • कम्तिमा कानून विषयमा स्नातकोत्तर गरेको र
  • चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको (यो योग्यता भएको व्यक्ति प्रमुख कार्यकारी अधिकृत भएको अवस्थामा अनिवार्य नहुने )
  • अन्य जनशक्ति आवश्यकता अनुसार ।

५) अनुपालना अधिकृत र निजको योग्यता सम्बन्धमाः

  • अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन वा कानून विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक वा चार्टर्ड एकाउन्टेन्सी गरेको एक जना अनुपालना (कम्प्लाइन्स) अधिकृत ।

६) संस्थाबाट प्रदान गरिने परामर्श सेवा अनुसारको विज्ञ जनशक्तिका सम्बन्धमाः

  • सम्पत्ति तथा दायित्व मूल्यांकनसम्बन्धी परामर्शका लागि चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तिमा एक जना कर्मचारी,
  • अचल सम्पत्ति मूल्यांकनसम्बन्धी परामर्शका लागि सम्बन्धित विषयमा इन्जिनियरिङ्गमा स्नातक गरेको कम्तिमा एक जना कर्मचारी,
  • भेञ्चर क्यापिटल वा प्राइभेट इक्विटि कोषसम्बन्धी परामर्शका लागि अर्थशास्त्र वा वाणिज्य वा वित्त वा लेखा वा व्यवस्थापन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी वा फाइनान्सियल एनालिष्ट गरेको कम्तिमा एक जना कर्मचारी,
    उपर्युक्तानुसारको कर्मचारी करारमा नियुक्ति गर्ने वा आउटसोर्स गर्ने भए सो सम्बन्धी योग्यता खुल्ने कागजातसहित सम्झौता गर्नुपर्नेछ ।

७) कार्यालय संचालनका लागि देहाय अनुसारको नीति, विनियमावली वा कार्यविधि बनाई पेश गर्नुपर्नेछ ।

  • देहायको विषय समाबेश भएको परामर्श सेवासम्बन्धी नीति, विनियमावली र कार्यविधिः
  • परामर्श सेवाको कोष वा लागत रकम अनुसार परामर्श सेवा दिन स्वीकृति प्रदान गर्न सक्ने विभिन्न तहको अख्तियारी,
  • संचालक समितिमा छलफल र स्वीकृतिको लागि ल्याउनुपर्ने परामर्श सेवाको किसिमहरु,
  • परामर्श सेवाको प्रतिवेदन स्वीकृति गर्ने प्रक्रिया,
  • परामर्श सेवा दिने कार्यक्षेत्र ।
  • संचालक, प्रमुख कार्यकारी अधिकृत तथा कर्मचारीका लागि संस्थागत सुशासन सम्बन्धी आचार संहिता वा कार्यविधि,
  • कर्मचारी सेवा, शर्त र सुविधा सम्बन्धी विनियमावली तथा आर्थिक प्रशासन सम्बन्धी विनियमावली,
  • परामर्श सेवा सम्बन्धी शुल्क निर्धारण तथा सेवा संचालनसम्बन्धी कार्यविधि,
  • कार्यालय संचालनका क्रममा आउन सक्ने संचालन जोखिम, बजार जोखिम, ख्याती सम्बन्धी जोेखिम तथा अन्य जोखिम न्यूनीकरणका लागि जोखिम पहिचान तथा व्यवस्थापन कार्यविधि ।

८) कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थासँग कुनै प्रकारको सेवा लिन चाहेको भए सो सम्बन्धी सम्झौता पत्र पूर्व स्वीकृतिका लागि पेश गर्नुपर्नेछ ।

प्रकाशित : 10 September, 2020 8:32 pm