सांग्रिला बैंक र नेपाल डेन्टल एसोशियशन बिच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला बैंक र नेपाल डेन्टल एसोशियशन बिच सम्झाैता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ४७ सनराइज होम्समा अवस्थित नेपाल डेन्टल एसोशियशनसँग बैंकिङ् सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौताअन्तर्गत नेपाल डेन्टल एसोसियशनसँग आवद्ध सदस्यहरु तथा सदस्यहरुसँग आवद्ध संस्थाका कर्मचारीहरुलाई यस डेभलपमेन्ट बैंकका बिभिन्न बैंकिंङ सेवाहरु उपलब्ध हुने साथै बिना धितो रु १५ लाख सम्मको प्रोफेशनल कर्जा प्रदान गरिने छ ।

यस कर्जाअन्तर्गत कर्जावालालाई रु एक लाख सम्मको कोभिड–१९ इन्स्योरेन्स निःशुल्क प्रदान गरिने छ । बैंक र एसोसियशन बीच आयोजित एक कार्यक्रममा सोसम्बन्धी सहमती पत्रमा बैंकको तर्फबाट प्रमुुख कार्यकारी अधिकृतसुयोग श्रेष्ठ र नेपाल डेन्टल एसोसियशनका अध्यक्ष डा. प्रविन्द्र अधिकारले हस्ताक्षर गरे । सांग्रिला डेभलपमेन्टका विभिन्न शाखाहरुबाट यो सेवा उपयोग गर्न सकिने छ ।

प्रकाशित : २५ भाद्र २०७७, बिहीबार २०:००