बैङ्क तथा वित्तिय संस्थालाई शर्त तोकेर सामुहिक लगानी कोष संचालन गर्न दिने , यस्ता छन् पाँच शर्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

बैङ्क तथा वित्तिय संस्थालाई शर्त तोकेर सामुहिक लगानी कोष संचालन गर्न दिने , यस्ता छन् पाँच शर्त



काठमाडाै । केन्द्रिय बैंकले बैङ्क तथा वित्तिय संस्थाहरुले पनि समुहिक लगानी कोष सञ्चालन गर्न दिने नीति ल्याएको छ ।

राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै सामुहिक लगानी कोष संचालन गर्न सक्ने ब्यबस्था गरेको हो ।

राष्ट्र बैंकले ५ वटा शर्त तोकेर सामुहिक लगानी कोष संचालन गर्न दिने ब्यबस्था गरेको हो ।

(१) योजना व्यवस्थापनसँग सम्बन्धित कार्यका लागि सहायक कम्पनी
नेपाल राष्ट्र बैंकबाट “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको
खडा गर्नुपर्ने र त्यस्तो कम्पनी खडा गर्दा हुन गएको लगानीलाई यस
बैंकले तोके अनुसारको जोखिम भार प्रदान गर्ने ।
(२) वित्तीय कारोबार सञ्चालन भएको पाँच वर्ष पुरा भएको हुनु पर्ने ।
(३) पछिल्लो तीन वर्षदेखि लगातार मुनाफा गरेकोहुनुका साथै सञ्चित
नोक्सानीमा रहेको हुन नहुने ।
(४) नेटवर्थ धनात्मक हुनु पर्ने ।
(५) सञ्चालक वा कार्यकारी प्रमुख यस बैंकको कारबाहीमा नपरेको र
त्यस्तो कारवाहीमा परेको भए सो फुकुवा भएको ३ वर्ष पुगेको हुनु पर्ने ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार १९:१४