२ लघुवित्तको १ लाख कित्ता बढी शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ लघुवित्तको १ लाख कित्ता बढी शेयर सुचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार सिभिल लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ ।

सिभिल लघुवित्तले ५ प्रतिशत बोनस शेयर वापतको ५७ हजार ५७ कित्ता र सपोर्ट लघुवित्तले १० प्रतिशत बोनस शेयर वापतको ६० हजार कित्ता शेयर सूचीकृत गराएका हुन ।

सूचीकृत भएको दोस्रो दिनदेखि यो शेयर कारोबार योग्य हुनेछ । सम्बन्धित शेयरधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपश्चात मात्र शेयर कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलवार १४:४२