२ करोड १० लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

२ करोड १० लाख कित्ता शेयर सुचिकृत



काठमाडाै । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर सुचिकृत भएको छ । सोमबार कम्पनीको २ करोड १० लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ । कम्पनीको सुरुवाती कारोबारको लागि नेप्सेले १०७.५९ देखि ३२२.७७ सम्मको सुरुवाती रेन्ज तोकेको छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको कारोबार तोक्ने गरेको छ ।

कम्पनीले हालै ६३ लाख कित्ता आईपिओ निष्काशन गरेको थियो । कम्पनीको शेयर रजिस्ट्रार सनराइज क्यापिटल रहेको छ ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार १३:०४