रूरू जलविद्युत आइपीओलाई ग्रेड– ३ रेटिङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रूरू जलविद्युत आइपीओलाई ग्रेड– ३ रेटिङ



काठमाडाै । रूरू जलविद्युत परियाेजना कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको साधारण शेयर (आइपीओ) लाई इक्रा नेपालले ग्रेड– ३ रेटिङ प्रदान गरेको छ । ग्रेड– ३ रेटिङले कम्पनीकाे अधारभुत पक्ष औषतमा राम्रो भएको देखाउँछ ।

कम्पनीले ८ करोड ९६ लाख ९५ हजार २ सय २० रूपैयाँ बराबरको ८ लाख १५ हजार ४ सय ११ कित्ता साधारण शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि असार २५ गते बिहीबार सेबाेनमा निवेदन पेश गरेकाे छ ।

कम्पनीले स्थानियका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १०० रूपैयाँको दरमा र सर्वसाधारणका लागि छुट्याइएको १० प्रतिशत शेयर प्रतिशेयर १२० रूपैयाँको दरमा बिक्री गर्न अनुमति मागेकाे हाे ।
त्यसैगरी, कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : २१ भाद्र २०७७, आईतवार ०९:२२