लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त, अनलाइनबाट लिए सपथ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त, अनलाइनबाट लिए सपथ



काठमाडौं । लक्ष्मी बैंकको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले नेपाललाई सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष नेपालले आजै नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन) बाट अध्यक्ष पदको सपथ लिएका छन्।

नेपाल २०७५ फागुनदेखि साेही बैंकको सञ्चालक समितिका सदस्य रहेका थिए । हाल उनी नागरिक लगानी कोषको कार्यकारी निर्देशक छन् ।

प्रकाशित : १७ भाद्र २०७७, बुधबार १७:४३