एटीएम प्रयोगकर्तालाई गजबको सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एटीएम प्रयोगकर्तालाई गजबको सुविधा



काठमाडौं । एउटा बैंकको एटिम कार्डबाट रकम निकाल्दा अब शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रवार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो ।

यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर रकम निकाल्दा शुल्क तिनुपर्थ्यो ।सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो ।

शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन । यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ ।एकीकृत निर्देशनमा डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार १७:४६