तीनवटा लघुवित्तको एकिकृत कारोबार भदाै २२ गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीनवटा लघुवित्तको एकिकृत कारोबार भदाै २२ गते देखि



काठमाडाै । तीनवटा लघुवित्त मर्जर भई एक हुन लागेका छन् । जीवन विकास लघुवित्त वित्तीय संस्था, सल्भ लघुवित्त वित्तीय संस्था र गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्था मर्जर भएर एक हुन लागेका हुन् ।

मर्जरपछि भदौ २२ गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । मर्जरपछि जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार हुने छ ।

सल्भ लघुवित्त लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ४ करोड २० लाख, गरिबी न्यूनीकरण लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १ करोड ४० लाख र जीवन विकास लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १४ करोड रहेको छ । तीनवटै लघुवित्त गाभिएपछि चुक्ता पुँजी १९ करोड ६० लाख पुग्ने छ।

प्रकाशित : १४ भाद्र २०७७, आईतवार १२:०७