शेयरधनीलाई बोनसमा लाग्ने कर तिर्न मेगा बैंकको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयरधनीलाई बोनसमा लाग्ने कर तिर्न मेगा बैंकको आग्रह



काठमाडाै । मेगा बैंकले शेयरधनीलाई बोनसमा लाग्ने कर तिर्न आग्रह गरेको छ । बैंकले साबिकको गण्डकी विकास बैंकका शेयरधनीलाई आर्थिक वर्ष २०७१/७२, २०७२/७३ र २०७३/७४ मा वितरण गरिएको बोनस शेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हो।

बैंकले उक्त कर बैंकको शेयर रजिस्ट्रार मेगा क्यापिटल मार्केटको खाता नम्बर ००१००१०७१६३१८ मा जम्मा गर्न आग्रह गरेको हो ।

रकम जम्मा गर्दा शेयरधनीको नाम, थर, हितग्राही खाता नम्बर, शेयरधनी खाता नम्बर, तथा कुन आर्थिक वर्षको कर विवरण बुझाएको हो स्पष्ट रुपमा खुलाउन समेत आग्रह गरेको छ ।

त्यस्तै बैंकले शेयर डिम्याट नगराएका शेयरधनीलाई शेयर डिम्याट गराउन समेत भनेको छ ।

प्रकाशित : १२ भाद्र २०७७, शुक्रबार १०:१५