ग्लोबल आईएमई लघुवित्त मर्जरमा जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आईएमई लघुवित्त मर्जरमा जाने



काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएको छ । मर्जर प्रक्रियामा सहयोग पुर्याउन संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ ।

समितिको संयोजकमा सुशोभन देवकोटा, सदस्यमा अनिमेश हलवाइ र सदस्य सचिवमा हरिकृष्ण जोशी रहेको संस्थाले जनाएको छ ।संस्थाको बुधबार बसेको सञ्चालक समितिले मर्जरमा जानका लागि समिति गठनको निर्णय गरेको थियो ।

नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थालाई मर्जरमा लैजान हकप्रद सेयर निष्कासनको अनुमति बन्द गरेको छ ।

प्रकाशित : ११ भाद्र २०७७, बिहीबार १५:५७