नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ योजनाको प्रतिफल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ योजनाको प्रतिफल घोषणा



काठमाडाै । नबिल इन्भेष्टमेन्टले नबिल म्युचुअल फण्ड अन्तर्गत संचालित २ वटा सामुहिक लगानी कोष योजनाको प्रतिफल घोषणा गरेको छ । नबिल ब्यालेन्स फण्ड २ र नबिल इक्विटी फण्डको आर्थिक वर्ष ७६/७७ को लागि लाभांश घोषणा भएको हो ।

जस अनुसार नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीहरुले कर सहित ९ प्रतिशत दरले हुन आउने १० करोड ८ करोड रुपैयाँ र नबिल इक्विटी फण्डका इकाईधनीले कर सहित ६ प्रतिशतले हुन आउने ७ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल पाउने भएका छन् । कम्पनीले लाभांश वितरणको लागि बुक क्लोज मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।

प्रकाशित : ११ भाद्र २०७७, बिहीबार ११:२६