शेयर कारोबार सकारात्मक दिशामा,नेप्से २१ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर कारोबार सकारात्मक दिशामा,नेप्से २१ अंकले बढ्यो



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सातको चौथो दिन आज (बुधबार) पनि बढेको छ । आज नेप्से २१ दशमलव १० अंकले बढेर १ हजार ४६२ दशमलव ०४ विन्दुमा पुगेको छ ।

नेप्सेका अनुसार आज दुई अर्ब ६५ करोड ६१ लाख बढीको कारोबार भएको छ । पुर्णरुपमा स्वचालित अनलाईन कारोबार शुरु भएयताको यो कारोबार सर्वाधिक उच्च कारोबार हो ।

आज नेप्से उपसमूहमा रहेका १२ वटा समूहमध्ये १० कम्पनी बढेको छ भने बाँकी २ कम्पनी घटेका छन्।

आज सबैभन्दा बढी निर्जीवन बीमा समूहमा ५१.६२ अंकको उछाल आएको छ । लघुवित्त समूहमा ४१.१४ अंकको वृद्धि भएको यो दिन बैंकिङ समूहमा २२.९३ अंक, विकास बैंक समूहमा २५.०४ अंक, वित्त समूहमा १.२७ अंक, होटेल्स् समूहमा ३.४० अंक, जलविद्युत् समूहमा ११.२५ अंक, उत्पादन तथा प्रशोधन समूहमा ७.३५ अंक, म्युचुअल फन्ड समूहमा ०.१६ अंक र अन्य समूहमा १७.२९ अंकको वृद्धि भएको छ।

यो दिन सबैभन्दा बढी नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भयो । यसैगरी, नेको इन्स्योरेन्सको १३ करोड ७८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको १० करोड ४० लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सको ८ करोड २९ लाख रुपैयाँ, एनएमबी बैंकको ७ करोड ९८ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सको ७ करोड ६१ लाख रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्सको ७ करोड ३३ लाख रुपैयाँ, शिखर इन्स्योरेन्सको ६ करोड ४ लाख रुपैयाँ र नेपाल बैंकको ५ करोड ९८ लाख रुपैयाँ बढीको कारोबार भयो।

आज धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिन एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको शेयर बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल फाइनान्सका शेयरमूल्य ८ प्रतिशतको हाराहारीले वृद्धि भयो।

यसैगरी, दिन समृद्धि फाइनान्सको शेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित : १० भाद्र २०७७, बुधबार १७:१९