नेपाल फाइनान्सको साधारणसभा कोभिडका कारण स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल फाइनान्सको साधारणसभा कोभिडका कारण स्थगित



काठमाडाै । नेपाल फाइनान्स लिमिटेडकाे भदाै ११ गते बिहीबार गर्ने भनिएकाे बिसाैँ, एक्काइसाैँ, बाइसाैँ, तेइसाैँ, चाैबिसाैँ, पच्चिसाैँ, छब्बिसाैँ र सत्ताइसाैँ साधारण सभा स्थगित भएकाे छ ।

हाल विश्वभर महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरसकाे संक्रमण न्युनीकरण गर्न लागू गरिएकाे निषेधाज्ञाका कारण अर्काे सूचना प्रकाशित नभएसम्मका लागि सभा स्थगित गरिएकाे फाइनान्सले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

फाइनान्सकाे सभा भाद्र ११ गते बिहीबार, एल्लाे प्यागाेडा हाेटल कान्तिपथ, काठमाडाैँमा बिहान ११ बजेबाट सुरु गर्ने भनिएकाे थियाे । फाइनान्सले १ बराबर १.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेकाे छ । फाइनान्सले २०७६ साल फागुन २९ गते सेबाेनमा निवेदन पेश गरेकाे छ ।

कम्पनीले १६ लाख ९७ हजार ५ सय ६ दशमलव २५ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो । फाइनान्सले जारी गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ ।

ग्रेड ५ रेटिङले उक्त कम्पनीको आधारभुत पक्ष कमजोर रहेको देखाउँछ । कम्पनीकाे उक्त हकप्रद शेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : ८ भाद्र २०७७, सोमबार १३:२०