आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा कवि फुँयाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई लाइफ इन्स्योरेन्सको सिईओमा कवि फुँयाल



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा कवि फुँयालले नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई बीमा समितिले अनुमोदन गरेपछि फुँयालले आइतबारदेखि कार्यभार सम्हालेका हुन् ।

लक्ष्मी बैंकबाट करिअर शुरु गरेका फुँयाल छोटो अवधिमा बीमा कम्पनीको सिइ्र्र्रओ बन्न सफल भएका छन । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा ३ वर्ष एक महिनासम्म चिफ मार्केटिङ अफिसरका रुपमा काम गरेपछि उनी आइएमई लाइफको कमाण्ड सम्हाल्न आईपुगेका हुन् । फुँयालले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन गरेका छन् ।

प्रकाशित : ७ भाद्र २०७७, आईतवार २१:३९