सिभिल बैंकको बचत र मुद्दती खातामा सर्वाधिक ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

बैंक / वित्त

सिभिल बैंकको बचत र मुद्दती खातामा सर्वाधिक ब्याज

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिभिल बैंक लिमिटेडले सबै नेपाली नागरिकका लागि सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना प्रिमियम बचत खाता संचालनमा ल्याएको छ ।

बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात रु १०,००० रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्नेछ ।यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।

विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्यवित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने बैैंकले जनाएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा यस्ता थप आकर्षक सेवा÷योजनाहरु प्रदानगर्दै जाने पनि बताएको छ ।

प्रकाशित : ७ भदौ २०७७, आइतबार १७:५७ 23 August, 2020 5:57 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।