विदेशमा रहेका नेपालीलाई पैसा पठाउन सजिलो , नेपाल इन्भेष्टमेण्टमा यस्तो छ सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विदेशमा रहेका नेपालीलाई पैसा पठाउन सजिलो , नेपाल इन्भेष्टमेण्टमा यस्तो छ सुविधा



काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र WireBarley बीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकबाट सिधै रकम पठाउन सक्ने छन् । आफ्नो खाता प्रयोग गरी WireBarley को Mobile App अथवा online portal प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । WireBarley को Mobile App Google Playstore / Appstore बाट download गरि आफ्नो mobile df install गर्न सकिन्छ ।

Wirebarley मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले जनाएको छ । Wirebarley मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र Wirebarley बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोवार गर्दै आएको छ । ने

पाल इन्भेष्मेण्ट बैंक लि.ले भारतमा Axis Bank , अमेरिकामा Paypal (XOOM), साउदी अरेबियामा Bank Albilad (Enjaz), Alrajhi Bank, यू.ए.इ मा SAMBA Group, कतारमा Wallstreet Exchange,City Exchange, Gulf Exchange, दक्षिण कोरियामा E9Pay Remittance र यूरोप तथा अन्य मुलुकवाट सेवा दिन Transfast Remittance सँग सहकार्य गर्दै आएको छ ।

प्रकाशित : ३ भाद्र २०७७, बुधबार १७:२१