पचास प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न बीमा समितिको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पचास प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न बीमा समितिको निर्देशन



काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्दै गए पछि बीमा समितिले आफु मातहतका बीमा कम्पनीहरुलाई ५० प्रतिशत कर्मचारीबाट कार्यालय सञ्चालन गर्न निर्देशन दिएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले सो निर्देशन दिएका हुन ।

बीमा समितिले बढ्दो कोभिड संक्रमणप्रति सजगता अपाउना र जोर बिजोर प्रणालीबाट सवारी साधनहरु सञ्चालन गरी कार्यालय सुचारु गर्न पनि निर्देशन दिएको छ ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १८:४०