जनरल इन्स्योरेन्सको नाफा ३९ प्रतिशत वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनरल इन्स्योरेन्सको नाफा ३९ प्रतिशत वृद्धि



काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनीको नाफा ३९ प्रतिशत वृद्धि भएको छ। गत आर्थिक वर्षकाे चाैथाे त्रैमाससम्मकाे अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिा ५ करोड ६ लाख रुपैयाँ नाफा कमाएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको चौथो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो ।

कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ५३ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क ६१ प्रतिशत वृद्धि भएको हो ।

अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले ३३ करोड २५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो ।

गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १ हजार ५६५ जनालाई १९ करोड ५२ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ३५६ जनालाई ३ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ७.२३ र प्रतिशेयर नेटवर्थ ११४ .६८ रुपैयाँ रहेको छ ।

आईपीओ निष्कासनको तयारी

कम्पनीले आईपीओ निष्कासनको तयारी गरिरहेको छ । उक्त कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा असार ५ गते निवेदन दिएको छ ।विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ७० करोड रुपैयाँ रहेको छ ।

३० लाख कित्ता आईपीओ निष्कासन बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुग्नेछ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडा कोषमा रू. ४ करोड ६६ लाख सञ्चित गरेको हो ।

सोही अवधिमा सम्ममा कम्पनीको बीमा कोषमा ५ करोड १० लाख रुपैयाँ जम्मा भएको छ । यो कोषमा अघिल्लो आवको चौथो त्रैमाससम्ममा २ करोड ८६ लाख रुपैयाँ थियो ।

प्रकाशित : २८ श्रावण २०७७, बुधबार १४:४८