एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण, मुख्य कार्यालय सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना संक्रमण, मुख्य कार्यालय सिल



काठमाडौं । एभरेष्ट बैंकका दुई कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बैंक स्रोतका अनुसार बैंकको मुख्य कार्यालय लाजिम्पाटका दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सो बैंकको केन्द्रीय कार्यालय दुई दिनका लागि सिल गरिएको छ ।

एभरेष्ट बैंकका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ ।कोरोना भाइरस संक्रमित कर्मचारीलाई सरकारी आईशोलेशनमा राखिएको छ । सबै कर्मचारीहरुलाई होम आईशोलेशनमा राखेर कन्ट्याक ट्रेसिङको काम भइरहेको छ ।
केन्द्रीय कार्यालय नै सिल भएपछि सो बैंकको हेडक्वाटर दुई दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

प्रकाशित : २६ श्रावण २०७७, सोमबार १२:३२