एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको फाइनान्सिङ पार्टनर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको फाइनान्सिङ पार्टनर



काठमाडाै । एनआईसी एशिया बैंक सिप्रदी ट्रेडिङको पनि फाइनान्सिङ पार्टनर बनेको छ ।

सीजी मोटोकर्पको फाइनान्सिङ पार्टनर बनेको एनआईसी एशियाले टाटाको नेपालका लागि आधिकारिक विक्रेतासँग पनि सहकार्य गरेको हो । समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरे ।

बैंकले सिप्रदीका उपभोक्तालाई सवारी कर्जामा थप सहज प्रदान गर्ने पनि भएको छ । समझदारीपत्र अनुसार बैंकको सुपर चमत्कारिक सवारी कर्जामार्फत् सिप्रदी ट्रेडिङले बिक्री गर्ने टाटाका कार खरिद गर्न सकिन्छ ।

जसअनुसार ग्राहकले ४ देखि ६ महिनाको किस्ता भुक्तानी गर्नु पर्दैन । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा कर्जा पाइन्छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद चाहने ग्राहकले लिन सक्नेछन् ।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १३:१२