एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्सले ७.३७ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडाै । एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजी (हकप्रद शेयर बिक्री नभई बाँकी भएको शेयर लिलाम बढाबढ प्रक्रियामा रहेको समेत) १ अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने बताएको छ।

यस अनुसार इन्स्योरेन्सले ७ करोड १७ लाख २५ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ। यसका साथै, कर प्रयोजनका लागि इन्स्योरेन्सले ०.३७ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ। साउन २३ गते साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

प्रकाशित : २५ श्रावण २०७७, आईतवार १०:५६