नेपाल राष्ट्र बैंकले २६ करोड मुद्दती निक्षेप राख्न बैंक तथा वित्तिय संस्थासँग माग्यो प्रस्ताव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल राष्ट्र बैंकले २६ करोड मुद्दती निक्षेप राख्न बैंक तथा वित्तिय संस्थासँग माग्यो प्रस्ताव



काठमाडाै । नेपाल राष्ट्र बैंकले करिब २६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न बैंकहरुसंग प्रस्ताव माग गरेको छ । केन्द्रिय बैंकले २७२ दिनका लागि बैंक तथा वित्तिय संस्थाले मुद्दती निक्षेपको रुपमा राख्न चाहेको यो रकमका लागि साउन १९गते सोमवार चार बजेसम्म निवेदन दिन सक्ने छन् ।

बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्नु पर्ने भन्दै अनुमति प्राप्त बैकहरु संग प्रस्ताव माग गरेकाे हो । ग वर्गका राष्ट्रिय स्तरका वित्त , ख वर्गका राष्ट्रिय स्तरका विकास बैंक र क वर्गका वाणिज्य बैंकले आफुले लिन चाहेको रकम र प्रस्तावित व्याजदर सहित निवेदन दिन भनेको छ ।

यसरी निवेदन दिन सकिने वाणिज्य बैंकको लागि राष्ट्र बैंकले बिभिन्न मापदण्ड पनि तोकेको छ । कम्तिमा दुई बर्ष देखि सञ्चालनमा रहेका, न्युनतम पुँजी कोष कायम भएको, सर्वसाधारणमा सेयर जारी गरिसकेको बैंकले मात्र आवेदन दिन सक्ने, केन्द्रिय बैंकको प्रस्तावमा छ ।

प्रकाशित : १५ श्रावण २०७७, बिहीबार २०:२५