नेप्से २.६२ अंकले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

बैंक / वित्त

नेप्से २.६२ अंकले घट्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सोमबार शेयर बजारमा झिनो अंकले गिरावट आएको छ । तीब्र उत्तार चढावकाबीच बजार २.६२ अंकले घटेर बन्द भएको छ ।

कारोबारको सुरुवाती चरणमा बजार उकालो लागेको थियो । परिसूचक १४७५ सम्मको विन्दुमा पुगेको थियो, तर अन्तमा घटेर १४६२ को विन्दुमा थामिएको छ।

आज कारोबारमा आएका मध्ये विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा वितरण, निर्जीवन बीमा र अन्य समूहको उपसूचक बढेपनि बाँकी सबैमा गिरावट आएको छ ।

त्यस्तै कारोबार पनि १ सय ८७ कम्पनीको १ अर्ब ८१ करोड रुपैयाँ बढीको कारोबरा भएको छ। यो कारोबार रकम हिजोको तुलनामा झन्डै १० करोडले कम हो । यो दिन सबैभन्दा धेरै कारोबार नेपाल लाईफ इन्स्योरेन्सको भएको छ भने सबैभन्दा धेरै जोशी हाइड्रोपावरका लागनीकर्ताहरुले कमाएका छन् ।

प्रकाशित : १२ श्रावण २०७७, सोमबार १५:४४ 27 July, 2020 3:44 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।