लक्ष्मी म्युचुल फन्ड अन्तर्गत लक्ष्मी उन्नति कोष इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लक्ष्मी म्युचुल फन्ड अन्तर्गत लक्ष्मी उन्नति कोष इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला



काठमाडाै । लक्ष्मी म्युचुल फन्डअन्तर्गत सञ्चालन हुने लक्ष्मी उन्नति कोषकाे इकाइहरु आइतबार (साउन ११ गते) देखि सार्वजनिक निष्कासन तथा बिक्री खुला गरिएको छ।

निष्काशन गरिने कुल इकाईमध्ये १ करोड २० लाख वा कुल बिक्री भएको इकाई सङ्खयाको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित राखिएको छ। सर्वसाधारणले बाँकी ६ करोड ८० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्।

इकाइ निष्कासन बन्द छिटोमा साउन १४ गते र ढिलामा साउन २५ गते (बैंकिङ समयपश्चात) हुनेछ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १४:२८