काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिटिजन्स इन्टरनेशनल बैंकको ४६ लाख ७६ हजार २ सय ५ कित्ता सेयर सूचीकृत भएको छ । सहयोगी विकास बैंकलाई प्राप्ती पश्चात बैंकको सो मात्राको शेयर नेप्सेमा सूचीकृत भएको हो ।
८ करोड ६२ लाख २१ हजार कित्ता शेयर सूचीकृत भएको कम्पनीको शेयर मूल्य दुई सय एक रुपैयाँ रहेको छ । जसको बजार पुँजीकरण १७ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।
Comment