गरिमा विकास बैंकले ल्यायो अनलाइनबाट खाता खोल्न सक्ने ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले ल्यायो अनलाइनबाट खाता खोल्न सक्ने ब्यवस्था



काठमाडौं । गरिमा विकास बैंकले अनलाइन माध्यमबाट खाता खोल्न सक्ने गरी नयां ब्यवस्था सुरु गरेको छ ।

संसारको जुनसुकै स्थानबाट पनि अनलाइन माध्यमद्वारा गरिमा विकास बैंकमा खाता खोल्न सकिनेछ । अब विदेशमा रहेका सेवाग्राहीले आफै खाता खोली आफ्नै खातामा जम्मा हुनेगरी रकम पठाउन समेत सक्नेछन् ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९१ शखा ५१ एटीएम र गरिमा रेमिटका १०,००० भन्दा बढि एजेन्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : ११ श्रावण २०७७, आईतवार १३:०२