नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेपाल पुनर्बीमा कम्पनीले लाभांश वितरण नगर्ने



काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पुनर्बीमा निर्देशिका अनुसार जगेडा कोषमा रकम राख्नु पर्ने भएकोले लाभांश वितरण गर्न नमिल्ने कम्पनीले जनाएको छ । बीमा समितिले कम्पनीको विवरण पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ९ श्रावण २०७७, शुक्रबार ११:५४