काठमाडाै । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनी सञ्चालक समितिको साउन ८ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

पुनर्बीमा निर्देशिका अनुसार जगेडा कोषमा रकम राख्नु पर्ने भएकोले लाभांश वितरण गर्न नमिल्ने कम्पनीले जनाएको छ । बीमा समितिले कम्पनीको विवरण पनि स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

Comment