काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आशुतोष इनर्जी लिमिटेडलाई प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्न अनुमति दिएको छ।
बोर्डले कात्तिक २० गते कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १२ लाख कित्ता साधारण शेयर निष्काशनका लागि विवरणपत्र प्रकाशन गर्ने स्वीकृति प्रदान गरेको हो।
कम्पनीले आईपीओमार्फत कुल १२ करोड रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्काशन गर्नेछ। आशुतोष इनर्जीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ। सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीको आईपीओ निष्काशन प्रक्रिया अघि बढ्ने भएको छ।





Comment