शेयर बजार १०.१३ अंकले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार १०.१३ अंकले बढ्यो



काठमाडौं । बिहीबार शेयर बजारमा सुधार देखिएको छ । पछिल्लो केही दिन घटेको बजार आज भने १०.१३ अंकले बढेर १४४२.६१ को विन्दुमा उक्लिएको छ ।

आज कारोबारमा आएका १२ समूह मध्ये १ समूह मध्ये विकास बैंक र म्यूचुअल फन्ड समूहमा गिरावट आएपनि अन्य भने सुधार बृद्धि भएको छ ।

त्यस्तै कारोबार पनि १ सय ८७ कम्पनीको १ अर्ब ३२ करोड रुपैयाँ बराबरको भएको छ। तर यो कारोबार रकम हिजोको तुलनामा झन्डै २० करोड रुपैयाँले कम हो ।

आज सबैभन्दा धेरै कमाउने सूचीको अग्रस्थानमा तारागाउँ रिजेन्सी होटलको भएको छ । होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने गुमाउने सूचीको अग्रस्थानमा मल्टिप्रपोज फाइनान्स कम्पनी रहेको छ ।

फाइनान्सको शेयर मूल्यमा ५.३६ अंकले ह्रास आएको छ । त्यस्तै सबैभन्दा धेरै कारोबार भने नेपाल रि–इन्स्योरेन्सको भएको छ। इन्स्योरेन्सको ११ करोड ३२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १५:२५