राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एकल अंकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर एकल अंकमा



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रवाह गर्ने सम्पूर्ण कर्जाको ब्याजदर २०७७ श्रावण ७ गतेबाट एकल अंकमा हुने गरी तोकेको छ ।

बैंकले यही बुधबारदेखि लागु हुने गरी नयाँ तथा पुराना ग्राहकहरुको लागि कर्जाको ब्याजदर अधिकतम नौ दसमलव ३२ प्रतिशत मात्रै हुने गरी तोकेको छ । हाल बैंकको आधारदर छ दसमलव सात प्रतिशत रहेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा दुई सय ४० वटा शाखा कार्यालय, दुई सय पाँच वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १२:२७