ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आइएमई बैंकले ल्यायो आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना



काठमाडौं । ग्लोबल आइएमई बैंकले आकर्षक व्याजदरमा कर्जा प्रवाह गर्ने योजना ल्याएको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण गर्न, घर, जग्गा तथा गाडी किन्न र सेयरको धितोमा कर्जा लिने इच्छुक ग्राहकलाई लक्षित गरी बैंकले उक्त योजना ल्याएको हो ।

बैंकका अनुसार ग्लोबल घर कर्जा अन्तर्गत सेवाग्राहीले २५ वर्षसम्मको अवधिका लागि ८ दशमलव ७५ प्रतिशत व्याजदरमा घरजग्गाकर्जा लिन पाउने छन् भने यस कर्जाको व्याजदर १ वर्षसम्म स्थिर रहनेछ ।

यसैगरी बैंकले ८ दशमलव ९९ प्रतिशतमा गाडीकर्जा र ९ दशमलव ४९ प्रतिशतमा सेयरको धितो कर्जा प्रवाह गर्ने जनाएको छ ।

उक्त योजनामा सहभागी हुने सेवाग्राहीलाई डेबिट, क्रेडिट कार्ड जारी शुल्कमा ५० प्रतिशत छुट र लकर सुविधामा ५० प्रतिशत छुट प्रदान गरीने बैंकले जानकारी दिएको छ ।

बैंकले कोरोनाले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले छोटो अवधिमै यी कर्जाहरु प्रवाह गर्न लागेको जनाएको छ ।

ग्राहकले नेपालभरी फैलिएका बैंकका सम्पूर्ण शाखाहरुबाट उक्त सुविधा उपभोग गर्न सकिने जनाइएको छ ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार १२:१६