राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने



काठमाडाै । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत आज (साउन ८ गते, बिहीबार) उक्त परिमाणको रिपो बोलकबोल गर्न लागेको जानकारी दिएको छ । यो रिपो साउन १५ गते परिपक्क हुनेछ ।

यसैगरी, सातदिने अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् । सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।

प्रकाशित : ८ श्रावण २०७७, बिहीबार ११:३७