शेयर बजारमा पहिरो, लघुवित्तको शेयर मूल्य ८.६१ प्रतिशतले खस्कियो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शेयर बजारमा पहिरो, लघुवित्तको शेयर मूल्य ८.६१ प्रतिशतले खस्कियो



काठमाडाै । बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । नयाँ आर्थिक वर्ष २०७७–०७८ सुरु भएको केही दिन क्रमशः उकालो चढेको बजार परिसूचक पछिल्लो केही दिनयता भने घट्दो क्रममा छ ।

मौद्रिक नितिले पुँजि बजारलाई ढाडस दिने गरि व्यावस्था गरेपछि साताको पहिलो दिनको कारोबारमा तिनवटा सकारात्मक सर्किट ब्रेक लागेको थियो । सो दिन पुर्ण समय कारोबार समेत हुन सकेन् । तर, तयसको भोलि पल्ट देखि नै बजार घट्ने क्रममा छ । यसबिच कारोबारमा अस्वभाविक उत्तारचढाव समेत देखिएका थिए ।

आज नेप्से १७.५० अंकले घटेर १४३२.४४ को विन्दुमा थामिएको छ । बजार खुलेको केही समय बढेको बजार त्यसपछि केही उतार चढावकाबीच घटेर बन्द भएको हो । कारोबारमा आएका १२ उपसमूह मध्ये होटल र म्यूचुअल फन्ड बाहेक अन्य सबैमा गिरावट आएको छ ।

त्यस्तै, कारोबार भने १ सय ८३ कम्पनीको १ अर्ब ५३ करोड रुपैयाँ बराबरको भएको छ । त्यसमा सबैभन्दा धेरै कारोबार एनआईसि एशिया लघुवित्तको भएको छ । कम्पनीको १८ करोड १५ लाख बढीको शेयर किनबेच भएको छ ।

सो दिन सबैभन्दा धेरै कमाउनेमा भने ओरियन्ट होटल लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । होटलको शेयर मूल्य १० प्रतिशतले बढेको छ । गुमाउनेमा भने अग्रस्थानमा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु रहेका छन् । लघुवित्तको शेयर मूल्य ८.६१ प्रतिशतले खस्किएको छ ।

प्रकाशित : ७ श्रावण २०७७, बुधबार १५:३८