सिभिल लघुवित्तको शत प्रतिशत हकप्रद साउन २५ गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिभिल लघुवित्तको शत प्रतिशत हकप्रद साउन २५ गतेबाट



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको शत प्रतिशत हकप्रद सेयर साउन २५ गतेबाट बिक्री खुला हुने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा ११ करोड ४१ लाख १४ हजार रुपैयाँको ११ लाख ४१ हजार १४० कित्ता सेयर बिक्री गर्ने भएको छ ।


हकप्रद सेयर निष्कासनका लागि सिभिलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्नेछन् । हकप्रदमा साउन २५ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन सकिनेछ ।

सिभिलको हकप्रदलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
हकप्रदको बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ ।

हकप्रदमा आवेदन दिनको लागि बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटलका साथै सिभिल लघुवित्त वित्तीय संस्थाका सबै शाखा र सेञ्चुरी बैंकका विराटनगर, पोखरा, नेपालगन्ज, वीरगन्ज, नारायणघाट, बुटवल, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछ ।

साथै बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

११ करोड ४१ लख १४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको सिभिलको हकप्रद बिक्रीपछि चुक्ता पुँजी २२ करोड ८२ लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ श्रावण २०७७, मंगलवार ११:५८