फापेन सेयर बजारलाई साउने सोमबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फापेन सेयर बजारलाई साउने सोमबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार घटेको छ । बजार खुलेको २५ मिनेटमा ५ प्रतिशतले बढेर ४० मिनेटको लागि बजार बन्द भएको थियो ।

पहिलो सर्किट लागेर २० मिनेट बन्द भएपछि बजार खुलेको केही मिनेटमा नै दोस्रो सर्किट लागेको हो । तर त्यसपछि खुलेको बजार क्रमश ओरालो लागेको अन्तमा १४.९० अंकले घटेर बन्द भयो ।

आज कारोबारमा आएका १२ उपसूमह मध्ये १२ उपसमूहको उपसूचकमा सुधार आएपनि अन्य सबै उपसूहको सूचक घट्यो । बजार घटेपनि कारोबार भने १ सय ८१ कम्पनीको २ अर्ब ८० करोड रुपैयाँ भन्दा माथिको कारोबार भयो ।

यूनाईटेड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाए पनि गुरासँ लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउन पुगे ।

प्रकाशित : ५ श्रावण २०७७, सोमबार १६:२५