काठमाडौंं । मितेरी डेभलपमेण्ट बैंकको बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।
कम्पनीले यस अघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा असार ३१ गते सूचीकृत गराएको थियो । कम्पनीले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर वापतको १० लाख ८३ हजार ७१२ दशमलव ५० कित्ता शेयर सूचीकृत गराएको हो । नेप्सेमा सूचीकृत भैसकेको शेयर हितग्राही खातामा जम्मा भैसकेपछि कारोबार गर्न सकिने भएको छ।
कम्पनीले उक्त बोनस गत चैत ८ गते १४ औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो ।
गत फागुन २६ गतेसम्म आफ्नो भौतिक शेयर अभौतिकीकरण गराएका हरुको हकमा बोनस शेयर हितग्राही खातामा जम्मा गरेको र त्यस मिति पछि गराएका हरुको हकमा पनि क्रमश जम्मा गरिदै जाने कम्पनीको भनाई छ । कम्पनीको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
Comment