सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्ट बिच सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्ट बिच सम्झौता



काठमाडौं। सोसल मिडिया एप सगुन र प्रभु म्यानेजमेन्ट बिच सम्झौता भएको छ। सामाजिक सञ्जाललाई मनोरञ्जनका लागि मात्रै भन्दा पनि प्रयोगकर्तालाई ज्ञान र आम्दानी सँग जोड्ने उदेश्यले उक्त साझेदारी गरिएको कम्पनीले जनाएको छ।

अहिले प्रयोगकर्ताहरुले सगुन मार्फत एनसेल, स्मार्ट सेल, र एनटीसीको रिचार्ज कार्ड सित्तैमा प्रयोग गर्न सक्छन्।

आगामी दिनमा सगुनका प्रयोगकर्ताहरुले बिजुली, पानी, इन्टरनेट, टिभीको बिल तिर्न सक्ने तथा पैसा पठाउन/पाउन, बैंकमा जम्मा गर्ने लगायतका प्रभु म्यानेजमेन्टका सेवा सुविधाको पनि लाभ लिन सक्ने जनाइएको छ।

सगुन नेपालका कन्ट्री म्यानेजर आनन्द बज्रचार्य प्रभु म्यानेजमेन्टले नेपालीहरुलाई वर्षौंदेखि दिइरहेको सेवासुविधाबारे परिचित भएकोले यो साझेदारी गरेको बताए।

प्रभु म्यानेजमेन्टकी कार्यकारी अध्यक्ष कुसुम लामा प्रभु समूहको रूपमा सगुनको वृद्धिका लागि पूर्ण योगदान दिने बताउँछिन्।

सगुन अमेरिका, नेपाल र भारतमा दर्ता भइ संचालनमा आइरहेको छ। हालसम्म सगुनका ५७ लाख प्रयोगकर्ता रहेका छन्।

प्रभु म्यानेजमेन्ट सँगको सहकार्यपछि नेपाल र भारतका प्रयोगकर्ताहरुले मात्र करिब ४ करोड स्मार्ट कोइन बराबरको किनमेल गरिसकेको कम्पनीले जनाएको छ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ०८:२८