असफलताको बाटोमा स्वास्थ्य बीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

असफलताको बाटोमा स्वास्थ्य बीमा



काठमाडौं । सरकारले आगामी तीन वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्य राखे पनि कार्यक्रमको प्रभावकारितामाथि भने प्रश्न उठेको छ । कार्यक्रमको दिगोपनाका लागि सरकारले जोखिम पहिचान गर्न नसक्दा बिमित भएकामध्ये नवीकरण गर्नेको संख्या उल्लेखनीय हुन नसक्दा स्वास्थ्य बिमाको प्रभावकारितामाथि प्रश्न उठेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

सेवाग्राहीबाट लिएको बिमा शुल्कले उपचार खर्च धान्न नसकेको पनि देखिएको छ । स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म २८ लाख ८६ हजार २ सय ५० जना बिमित भएका छन् । यस्तै, ७७ वटै जिल्लामै सेवा विस्तार गर्ने लक्ष्य राखी ६ अर्ब रुपैयाँ बजेट विनियोजन भएकामा ४६ जिल्लामा लागु भएको छ । बाँकी ३१ जिल्लामा कार्यक्रम लागु गर्न नसकेर ३ अर्ब ३७ करोड रुपैयाँ रकमान्तरबाट बजेट घटाएको पाइएको छ ।

बिमा योजनामा यो वर्षसम्म कार्यक्रममा निरन्तर रहने १६ लाख ८६ हजार सहभागीबाट १ अर्ब ३९ करोड ८० लाख २० हजार बिमा शुल्क प्राप्त भएको थियो । जसअन्तर्गत २२ हजार २ सय २८ जनाले स्वास्थ्य सेवा लिँदा २ अर्ब १३ करोड ६ लाख ९० हजार शोधभर्ना भुक्तानी गर्नुपरेको महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित : २ श्रावण २०७७, शुक्रबार ०८:०९