इन्भेस्टमेन्ट बैंकको सीईओमा ज्योति पाण्डेको निरन्तरता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्भेस्टमेन्ट बैंकको सीईओमा ज्योति पाण्डेको निरन्तरता



काठमाडौं । इन्भेस्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा ज्योति प्रकाश पाण्डेले निरन्तरता पाएका छन् ।

मंगलबार बसेको बैंकको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि सीइओमा पाण्डेलाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाण्डे यसअघि पनि सिईओको पदमै थिए । उनको कार्यकाल असार मसान्तमा सकिँदै थियो।

उनले नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरेका थिए। त्यहाँको सामान्य सेवा विभागमा उनले ३९ वर्षअघि सहायक पदबाट जागिर सुरु गरेका थिए। ११ महिना काम गरेर उनले राष्ट्र बैंक छाडेका थिए।

प्रकाशित : ३१ असार २०७७, बुधबार १३:५४