नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने



काठमाडाैं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ ।

बुधवार ललितपुरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो। हस्ताक्षर कार्यक्रममा वित्त सेवा व्यापार शाखा, हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएको बैंकले जनाएको छ ।

दुवै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्‍याउनेछ। यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन् ।

बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुने र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्ने बताइएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार १५:५१