एनआईसी एशिया लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, शेयर मुल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत, शेयर मुल्य कति ?



काठमाडौं । यही असार २० गते शनिवार आईपीओ बाँडफाँट गरेको एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ ।

विक्री बन्द भएको सातादिनभित्रै आईपीओ बाँडफाँट गर्न सफल कम्पनीले सूचीकरण प्रकृयामा पनि रेकर्ड कायम गरेको हो । सम्भवत् हालसम्म यो अवधिसम्म कुनै कम्पनीको पनि शेयर सूचीकृत भएको थिएन ।

कम्पनीले असार १० गतेदेखि १४ गतेसम्म कुल ४७ लाख ५५ हजार कित्ता मध्य ७४ हजार कर्मचारीहरुको लागि सुरक्षित गरि २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट पश्चात बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको थियो ।

कम्पनीले संस्थापकतर्फको १ करोड ४५ हजार र सर्वसाधारण तर्फको ४७ लाख ५५ हजार कित्ता गरि कुल १ करोड ४८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बिहीवारदेखि कारोबार गर्न सकिने यो शेयरको पहिलो कारोबारका लागि नेप्सेले रू. ११० दशमलव ४३ देखि ३३१ दशमलव २९ को मूल्य तोकेको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार १५:४४