लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद दिने



काठमाडाै । लुम्बिनी जनरल इन्स्योरेन्सले २० प्रतिशत हकप्रद र चुक्ता पुँजीको ८.१२५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीको १५औं वार्षिक साधारण सभाबाट यस्तो प्रस्ताव बाहेक कर प्रयोजनको लागि ४२ लाख ९० हजार रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

कम्पनीका अनुसार २० प्रतिशत हकप्रद प्राप्तगर्नेगरी १ अर्ब ५ करोड ६० लाखको ८.१२५ प्रतिशतले हुन आउने ८ करोड ५८ लाख बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

सभाले कम्पनीका अध्यक्ष मनोहर दास मूलद्वारा प्रस्तुत सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५।०७६ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका प्रस्तावहरु पारित गरेको जनाइएको छ । आर्थिक वर्ष २०७५।०७६ मा अघिल्लो वर्षको तुलनामा बीमाशुल्क ८ प्रतिशतले बृद्धि भई १ अर्ब ३६ करोड बीमा शुल्क आर्जन भएको सभामा जानकारी दिइयो ।

सभामा सर्वसाधारण शेयरधनीहरुको समूहबाट गणेश राज रेग्मी र कमल भटृराई आगामी चार बर्षको लागि निर्बिरोध निर्वाचित भएको घोषणा गरीएको कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार १४:३६