एनएमबी बैंककाे ग्रिन फिक्सड डिपोजिट शुरु, यस्ता छन फाइदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी बैंककाे ग्रिन फिक्सड डिपोजिट शुरु, यस्ता छन फाइदा



काठमाडौं । एनएमबी बैंकले ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । ‘प्रत्येक खातासँग तपाईको आफ्नै एउटा विरुवा’ मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हुँदै बैंकले एनएमबि ग्रिन फिक्सड डिपोजिट शुरु गरेको हो ।

जसमा ग्राहकहरुले आफ्नो प्रत्येक एनएमबि ग्रिन फिक्सड डिपोजिटसंगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । “वातावरणीय संरक्षणलाई सघाउ पुर्यायने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक सुविधाहरुको साथ प्रस्तुत गरेको जनाकारी दिएको छ । जसमा उच्च ब्याजदर, लचिलो समयावधि, फिक्सड डिपोजिट रकमको १००५ कर्जा प्रदान गरिने बताएको छ ।

एनएमबि ग्रिन फिक्सड डिपोजिट ब्यवसाय र वातावरणीय दायित्वप्रति सन्तुलन कायम गर्ने सचेत प्रयासभएको बैंकले जनाएको छ ।‘योजनाले सम्पुर्ण ग्राहकवर्गलाई उक्त प्रतिफल प्रदान गर्ने मात्र नभई मानवीय जिम्मेवारी पनि प्रदान गर्छ जुन हामी बस्ने वातावरणलाई सुरक्षित तुल्याउन सक्दछौं ।”, बैंकले जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित : २४ असार २०७७, बुधबार ११:०६