मिर्मिरे लघुवित्तको एफपिओ निष्काशन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मिर्मिरे लघुवित्तको एफपिओ निष्काशन हुने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको थप सार्वजनिक निष्काशन (एफपिओ) निष्काशन हुने भएको छ । एफपीओ निष्कासनका लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त गरेको छ ।

मंगलबार मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको ३७,२६० कित्ता शेयर थप सार्वजनिक निष्काशन (एफपिओ) का लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (एनएसएमबिएल) निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बनेपा–८ स्थित रजिष्टर्ड कार्यालयमा आयोजित एक समारोह बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

प्रकाशित : २४ असार २०७७, बुधबार १०:४९